जसले नराम्रो गर्छ त्यस्को नराम्रोनै हुन्छ बस पर्ख अनी हेर !! संसारमा मान्छेको कानुन त छ नै त्यस बाहेक ब्रमान्डको आफ्नै कानुन छ जस्ले कसैलाई छोड्दैन !! अन्लाईन सामान किन्दा मलेशियाको कम्पनीले मलाइ ठगेको थियो उपयुक्त प्रमाण र ठाउँ को दुरीले गर्दा मैले केही कारवाइ गर्न सकिन हाsss होस् भनेर छोडिदिए आज तेही कम्पनी लाई कसैले नराम्रो सँग ठग्देको बिलौना फेसबुकमा देख्दै छु । साथीहरु संसार गोल गोल छ भन्थे हो रच !! सबैको हिसाब किताब बुझाउने पालो आउदो रहेछ आफ्नै आखाले देख्दै छु।
बुद्धले ज्ञान पाइसके पछी धेरै ठाउमा हिंडेर ज्ञान बाड्न थालनु भयो। तेही हिंड्ने क्रममा एउटा ढुङ्गामा ठेस लागेर एकदमनै रगत बग्यो रे तर उहाले त्यो ढुङ्गालाई हातमा उठाएर ढोग्नु भयो रे यो देखेर उहाको चेला आनन्दलाई खुब रिस उठेछ। गुरु हजुरलाई यस्तो खलखल रगत बग्ने गरेर चोट पुराउने ढुङ्गालाई नफालेर किन ढोग्नु भयो भनेर सोधेछन बुद्धले हाँस्दै भन्नु भएछ, मेरो एकदम पुरानो हिसाब किताब थियो आज पुरा भयो, मैले पुर्व जन्ममा यस्तै ढुङ्गाले कसैलाई चोट पुराएको थिए आज त्यो रिण चुक्ता भयो भनेर खुशी हुँदै बाटो लाग्नु भएछ।
यो सब लेख्नुको कारण कुनै उपदेश दिनु होइन आफु आँफै प्रती बफादार बन्नु हो। मलाई कहिले काही लाग्थ्यो अरुले नदेखे नथापाए जे गरे पनि हुन्छ तर बुद्धले भने जस्तै मानिस आफ्नै चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तनै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ।
मलाई नि यस्तै लाग्छ ।
ReplyDeleteयदि कसैले अरुलाई ठगें भन्छ भने उसले आफैलाई ठगिरहेको हुन्छ। तर हिसाब त एक दिन चुकाउनु नै पर्दछ।
ReplyDeletehaha same here... i like it.
ReplyDeletemalai pani survey4checks.com bhanne websitele thageko chha dd.....tesko ni akdin aawchha hola
ReplyDeleteho hajur ho
ReplyDelete