2/18/12

नराम्रो काम गरे सबैले गाली गर्छन्, राम्रो काम गरे सबैले माया गर्छन्

मेरा अष्ट्रेलियन साथीहरुले खासै भ्यालेन्टाइन डे मनाएनन्, it’s a American Culture भन्दा रैछन् तर अरु देशको त कुरै नगरौ , नेपालमा त उधुम नै भै गो। सबै दिवस मनाउनै पर्ने अझ प्रेम दिवस त छोड्ने कुरै भएन ;) तपाईंहरुले मेरो ब्लग पहिलादेखी हेर्नु भएको भए मेरा बितेका प्रेम दिवसको बारेमा अवश्य पढ्नु भो होला। तर यसपालीको प्रेम दिवस मलाई बिशेष प्रकारले मनाउन मन थियो र आफु संगै अरुले पनि सहयोग गर्छन् कि भन्ने आशले नेपाल मेल्बर्न अन्तर्गत भ्यालेन्टाइन बिशेष कार्यक्रम आयोजना गरे र तेही अनुरुप केही नगद जम्मा गरे। हाम्रो भ्यालेन्टाइन डे नेपालमा दिल शोभा श्रेष्ठले खोलेको आमा घरका बुढा बुढी तथा अनाथहरुको सँग wireless valentine day मनाउने बिचार गरियो।

दिल शोभा श्रेष्ठ सुन्दर नारीहरु मध्य सुन्दर ह्र्दय भएकी नारी हुन। जब उनी ३८ बर्ष कि थिइन् उनको श्रीमानले छोरा नपाएको निउमाअत्यन्त निर्मम्ता पूर्वक घरबाट निकाली दिएको र आफ्नै छोरीको बिहागर्न जम्मा पारेको पैसाले उनीको श्रीमानले अर्को बिहा गरे। केही दिनको रुना धुना पछी उनीले यस्तो निर्णय गरिन जस्ले गर्दा आफ्नो छोरा छोरी तथा परिवारबाट निस्कासित बुढा बुढी तथा अनाथहरुको साहारा बनिन ।

दिल शोभालाई कुनै समयमा लाग्थ्यो, मानिसको जिन्दगीमा बुढेशकालको साहरा कि छोराछोरी हुन्छ कि लोग्ने हुन्छ तर उनीको जीवनमा न छोरा थियो न त लोग्ने नै थियो तर उनलाई अन्त्यमा जिन्दगीले पाठ पढाएर छोड्यो कि बुढेशकालको साहारा कुनै नातागोता भन्दा पनि निस्वार्थ सेवाको भावना हो।

तेही निस्वार्थ सेवाले गर्दा मलाई उनी सार्है मन पर्छ। हाम्रो सुन्दर जीवन हासी खुशी रमाउन र अरुलाई सहयोग गर्न पाएका हौ तर कहिले काही मानिस को स्वार्थ ले यसरी आँखा छोपी दिन्छ कि अर्काको छाती माथि लात हान्न पनि पछी पर्दैनौ तर दिल शोभाले बलियो छाती बनाएर लडेरनै आफ्नो बहादुरी प्रस्तुत गरेकी छिन् ।


तिनै दिल शोभालाई भेट्न तथा उनीको घरमा रहेका आमा बुवा तथा अनाथ केटा केटी भेट्ने प्लान 14th
February दिउसो २ बजे थियो।
जानु एक दिन अगाडि हाम्रोतर्फबाट एक जोडी बुज्रुकलाई अगाडि लगाइ हर्लिक्स र बिस्कुट लगिदिने थियो तर दिल सोभाको सल्लाह अनुसार अहिले उनीहरुको आवश्यता भनेको बिहानको हात मुख जोडनु रहेछ । ३२ जना आमाहरु, ५ जना बुवाहरु र ४८ जना अनाथ बच्चाहरुलाई बिहान बेलुकाको खाना धौ धौ परेको कुरा सुने पछी हामी ले हाम्रो सामानमा परिवर्तन गरेका थियौ खाद्य सामान र केही नगद लिएर हाम्रो टोली १२ बजेनै पुग्यो ।

नेपालमा २ बज्दा यहाँ ७ बजी रहेको थिए तर त्यो दिन बिहान देखी नै मलाई एक किसिम को आनन्द अनुभव भैरहेको थियो जुन यहाँ म ब्यक्त गर्न सक्दिन।
त्यहाँ पुगेर सबैजना बुढा बुढीलाई हाम्रो टोलीले भेट्यो र धेरै केटाकेटी स्कुल गएको हुनाले केही केटाकेटी मात्रै
भेटियो र सबै सामान दिल सोभालाई जिम्मा लगाएर फर्कियो र त्यहाँ पुग्दा हाम्रो टोलीले एक किसिमको आनन्दको महसुस गर्‍यो, बुढा बुढीले सहयोग गर्ने सबै लाई धेरै धेरै आशिस रे।

हुन त यि सब कुरा मलाई लेख्न मन थिएन तर तपाईं हरु लाई पनि केही प्रेरणा मिल्छ कि भनेर राखिकी हुँ।

3 comments:

  1. Felt gud reading this post....keep the good work di...and keep us inspiring...thank you

    ReplyDelete
  2. maya garna siknu pani parchha....ramro post chha di

    ReplyDelete
  3. Anonymous9:48 PM

    I also absorbed this Nepali new year doing some charity. I encourage such noble work rather than celebrating occasions with liquor. Kudos ,Archanaji!

    ReplyDelete