5/8/11

क्षमा गर अनी बिर्स – forgive & forget : story

नाइ आज मलाई केही गर्न मन छैन।
मेरो बोयफ्रेन्डले पिन्क सर्टको टाक खोल्दिन लाग्दा रोक्दै भन्छु।
एक हप्ता पछी यो भमराले फुल देख्न पाएको छैन हेर्न दिन्नौ।
अह!! आज मलाई केही कुरामा मुड छैन, म मुख ठुस्स पार्दै भन्छु।
ल अधेरी, अब भनिदिउ यो तिम्रो मुहारमा सनलाइट ल्याउन मैले के गर्नु पर्‍यो त दिच्च हाँस्दै सोध्छन ।
केही न केही मेरो जवाफ सधैंको जस्तो।
ए!! सुन त एउटा कुरा तिम्रो हुनेवाला सासुले तिमीलाई धेरै धेरै माया रे है आज बिहान मैले फोन गरेको थिए।
आज आमाको मुख हेर्ने दिन तिमीले हेर्यो त ?
ह्~या यस्तो कुरा नगर, मलाई यस्तो कुरामा विश्वाश छैन तिमी लाई था छ त म कस्तो छु भन्दै सन्केर मेरो बोयफ्रेन्डको काखबाट टाउको उठाएर फिजिएको कपाल सम्हाल्दै उठ्न खोज्छु।
त्यतिकैमा मेरो कपाल तान्दै एउटा रसियन आएर हाम्रो होटेलमा बसेको एक हप्ता भयो । मलाई भन्दै थियो तपाईंकि प्रेमिकालाई एक चोटि म भएको ठाउँमा पठाइ दिनु म्यानेजर साहेब। १०४ न को कोठामा बस्छ। त्यो मान्छेमा केही न केही छ।
तिमीले एक चोटि भेट्नै पर्छ।
मलाई अच्चम लाग्यो र हाँस्दै भने के हो तिमी यस्तो चरित्रहिन हौला भनेर मैले सोचेको पनि थिइन मलाई अब एक्लै होटेलको कोठामा पठाउने ।

मेरो विश्वाश गर न!! त्यो मान्छेले तिमीलाई एक्लै भेट्न चाहन्छ। अहिले सम्म त तिमिले मेरो कुरा कहिले पनि मानेकि छैनौ। मेरो लागि भए पनि पहिलो र अन्तिम चोटि मानी देउ ।

ल ठीक छ आज म तिम्रो लागि जान्छु । अब तिमी चाहन्छौ भने म बेश्या पनि बन्छु अनी भेट्ने मान्छेको नाम त होला नि? मुसु मुसु हाँस्दै सोध्छु ।
छ नि फिडोर गोर्ब्याचेब।
तिमी अहिलेनै गई हाल न फेरी ५ बजे त्यस्को चेकआउट छ ।
ल ल के सारो आतुरी हो आफ्नो गर्लफ्रेन्डलाई कलगर्ल बनाउन हाँस्दै स्कुटरको हेल्मेट उठाउदै आँखा सन्काउछु।

न्यूरोडबाट स्कुटर स्टार्ट गरेर म होटल हायात तिर बत्तिन्छु किन होला, के होला, म त्यो मान्छे लाई किन भेट्न जादै छु । दिमाखमा केही आइडिया थिएन। बाटोमा यस्तो जाम थियो कि चाबेल निर सडकमा एक इन्च पनि कतै सार्ने ठाउँ थिएन मलाई पनि मेरो जीवन यस्तै ठाउँमा आएर अड्किए जस्तो लाग्थ्यो । आफ्नो भन्नु एउटै आमा पनि आफ्नो होइनन् जस्तो लाग्थ्यो । सानै देखी आफु होस्टल बस्नु परेको र आमा कहिले पनि भेट्न नआएको कुराले मननै अमिलो भएर आउथ्यो । कहिलेकाही साथीको आमाले मेरोघरमा पुराइ दिनु हुन्थ्यो तर आमा उनिको बोयफ्रेन्डसँग र कामसँग यति बिजी हुन्थिन कि मलाई यो आमा शब्दसँग घिर्णा लाग्न थाल्यो । अब अहिले आएर आमाले लामो समय सम्म रहेको उनिको बोयफ्रेन्डसँग बिहे गर्ने निर्णयले त मलाई उनीको मुख पनि हेर्न मन थिएन । बरु म नजन्मेको भए हुन्थ्यो, बुवाले पनि सानैमा छोडेर जान पर्ने। मलाई संसारमा सबै भन्दा मन नपर्ने शब्दनै आमा थियो।

टि टि ट् पछाडि बाट ठुलो ट्रकको हर्न बज्छ । ए बाटो त खुली सकेछ म त कस्तो हुस्सु केही सोचे पछी सोचेको सोचै हुने। जाम धेरै खुलेछ म सरासर जोरपाटी हुँदै हायात होटेल पुग्छु र रिसेप्सनमा सोधेर फिडोर को ढोका ढक्ढकाउन पुग्छु।
अग्लो, मोटो र लामो दारी भएको मान्छेले ढोका खोल्दै अङ्रेजीमा तपाईं म्यानेजरको मुटुको ढुक ढुकी? आउनुस् भित्र मलाई था’ थियो तपाईं आउनु हुन्छ भन्ने अली विस्वस्त साथ् हास्दै फिडोरले भने मेरो नेपालको बसाइ एकदम राम्रो भयो। यो होटेलको म्यानेजरले धेरै सहयोग गर्नु भयो। तपाईंको बारेमा उहाले धेरै कुरा गर्नु हुन्थ्यो र मैलेनै तपाईंलाई भेट्ने इक्षा गरेको थिए। तपाईंलाई केही आपती त छैन। मैले पनि अनि कन्फीउज् पाराले अह् छैन् छैन भने।

ल यहा बस्नुस् सेतो कपडामा बस्न लगाए र ल अब आखा चिम्म गर्न गर्नुस् ।के भै राखेको थियो केही था थिएन तर भलादमी जस्तो देखिने फिडोरले भनेको मान्न म तयार थिए।
उनले आँखाले देखे जस्तै गरी मेरो र आमाको हरेक क्षण सबै भने जुन् कुरा मेरो बोयफ्रेन्डलाइ पनि था थिएन।
फिडोरले भने तिम्रो दिमाख धेरै कुरा रहेछ र मनमा धेरै पिडा पनि रहेछ।
हो यो सत्य हो मैले टाउको हल्लाउदै भने।
तिमी यो पिडा बाट मुक्ती पाउन सक्छौ उनी भन्छन।
साच्चै कसरी म सोध्छु?
उनले फेरी आँखा चिम्म गर्न लगाउछन र भन्छन अब तिमी यो पिडाबाट मुक्त हुन सक्छौ तर मैले भनेको मान्नु पर्छ।

मैले हुन्छ मान्छु भने।सुन आमा तिमी भन्दा ठुलो मान्छे तिमी जतीनै आमाको बारेमा नराम्रो सोच्छौ त्यतीनै तिमीलाई पिडा हुन्छ तिमी जिन्दगी भर कहिले पनि सुखी र खुशी हुन सक्दिनौ। म तिमी लाई २ वटा कुरा भन्छु त्यस्ले नै तिम्रो पिडा हटाउछ त्यो हो forgive and forget अर्थात क्षमा गर अनी बिर्स । फिडोरले तेती भने पछी मलाई के हुन्छ के हुन्छ म त्यहाँ अब एक सेकेन्ड पनि बस्न सक्दिन धन्यवाद भनेर म उनको मुख पनि नहेरी घर तिर फर्कन्छु।

बाटोमा फेरी जाम थियो मेरो छाती भत् भत् पोलेको थियो आमाले दु:ख गरेर मलाई नपढाएको भए म आज कसरी अफिसमा काम गर्ने हुन्थे र आमाको जागिरनै तेस्तै थियो नि बाहिर गई राख्न पर्ने सधैं स्कुलमा भेट्न पनि त आउन पाउनु हुन्थेन नि , फेरी म होस्टलमा बस्ने, बुवा बिहा गरेको २ बर्षमै बितेकोले आमा लाई पनि त एउटा साथी चाहिन्थ्यो नि फेरी म पनि त अब हुर्के अबको २ बर्षमा बिहा गर्छु त्यसपछी त आमा झनै एक्लै हुनु हुन्छ । उहालाई कस्ले हेर्छ ? अब म प्रतीको जिम्मेवार सकिएर बिहा गर्छु भन्दा के बिग्रियो त?

मलाई अब अर्कै किसिमको पिडा हुन्छ । मैले आमालाई क्षमा दिने होइन मलाई यतिका बर्ष सम्म मेरो लागि गरेकोमा धन्यबाट दिनु थियो । मैले आमाको कार्य लाई बिर्सने होइन आमाले मेरो लागि कती गर्नु भयो भनेर सधैं सम्झनु थियो ।

म कती सम्म स्वार्थी थिए भने आमाले २२ बर्ष सम्म मेरो लागि गर्नु भयो आज म कमाउने छु आज आमाको मुख हेर्ने दिनमा एउटा मिठाइको बट्टा समेत लगेर दिने कोशीस गरिन । धन्य ति आमा जसले अहिले सम्म सहिन!!


यि कुरा सोच्दा सोध्दै गौशाला को कपडा पसल अगाडि निलो कुर्था झुन्डाएको देख्छु । अली अली जाम छिचोल्दै कपडा पसलको आगनमा स्कुटर ल्यान्ड गर्छु । निलो कलर मेरो आमालाई मन पर्छ भन्दै मैले कुर्था किन्छु अनी सँगै जोडीएको मिठाइ पसलबाट मिठाइ पनि किन्छु । ए ल झन्डै बिर्सेंको साउजी सोना पाप्री पनि दिनुस् त मेरो आमालाई एकदम पर्छ । आफ्नो आमा प्रती हक जमाउदै सार्है प्रफुल्ल मुद्रामा माग्दै थिए हो बैनी मेरो आमा लाई पनि मन पर्थ्यो गएको साल बित्नु भयो तपाईं राम्रो सँग खुवाउनुस् भनेर साउजीले सोना पाप्रीको बट्टा दिदै भने ।

मिठाइ पसल बाट बाहिर निस्के बाटो अझै जाम नै थियो । पशुपती जाने बाटो तिर हेरे । सानी सानीले फूल प्रशाद बेची रहेकी रहेछिन । उनको सानो पसल अगाडि गए र बहिनी मलाई राम्रो राम्रो फुल को गुच्छा बनाएर देउ न । दिदी फुल मात्रै त महँगो पर्छ नि सानी नानी भन्दै थि । जती परे पनि परोस तिमी सँग भएका सबै भन्दा राम्रो राम्रो फुल छानेर गुच्छा बनाएर देउ मैले भने। कुन कुन कलरको हाल्दिउ दिदी ? सबै कलर जस्ले जिवनमा खुशी ल्याउछ । आज मेरो जीवन र खुशी दिने भगवानलाइ चढाउनु छ…

14 comments:

  1. राम्रो लाग्यो कथा । कतिपय आधुनिक युवतीको वास्तविक जीवनको ढोका ढकढक्याउने गरी लेखिएको कथा लाग्यो । Forgive & Forget : यो सूत्र पनि जीवनको सहजता र सन्तुलनका लागि कामलाग्दो छ ।

    ReplyDelete
  2. अर्चना जी धेरै राम्रो लेखाइ ! निकै मनपर्यो !
    "धन्य ति आमा जसले अहिले सम्म सहिन!"

    ReplyDelete
  3. कथा एकदम राम्रो । नेपाली मात्र नभएर एउटा विश्व समुदायमा हुनेगरेका सामाजिक घटना शब्दचित्रमा वर्ण्र्ााभएको पाएँ... साधुवाद!

    ReplyDelete
  4. राम्रो लाग्यो कथा ।"धन्य ति आमा जसले अहिले सम्म सहिन!"सामाजिक घटना शब्दचित्रमा वर्ण्र्ााभएको पाएँ...

    ReplyDelete
  5. malai yo tapaiko katha dherai man paryo...tapai sahitya premi lekhdai janus kitabi panama yo kathako mitho laharharu tejilo aakhale herna paw

    ReplyDelete
  6. Anonymous5:26 AM

    मलाई अर्चना जीका सबै पोष्टहरु एब्सट्रयाक लाग्छन, पढ्न रुचाउँछु पनि । यो कथाको भित्री मर्मले पनि छोयो । कथाले दिन खोजेको सन्देश समयसान्दर्भिक छ । कथाको प्लट र कथोपकथन पनि मिलेका छन् । संवादहरुमा उद्धरण चिन्हको कमीले गर्दा पढ्न असजिलो भयो, कसले बोल्दैछ त्यो पत्ता लगाउन मुस्किल प¥यो । आगामी दिनमा त्यो सुधार्नुहुन्छ होला । कथावाचन गर्दा काल र पक्षहरुमा केही त्रुटीहरु फेला पारे त्यस्तै लिङ्ग पहिचानमा पनि केही कैफियत देखेँ, आउँदा दिनमा सुधार्नुुहुन्छ होला । अर्को कथाको आशमा छु, मलाई कथा(विशेष गद्य) असाध्यै मन पर्छन् ।

    ReplyDelete
  7. many thanks rajesh for your feedback and suggestion. i will try to improve myself. cheers.

    ReplyDelete
  8. हैन कति मिठो कथा ... ए राता मकै ! सुनिरहूँ लाग्नी ।

    ReplyDelete
  9. Anonymous3:42 AM

    Rajesh ji, milaya padhna janna paryo ni sabai kura clear ni chhani,ki kaso ho archana Didi?

    Surya F/Bharatpur, chitwan

    ReplyDelete
  10. Anonymous3:44 AM

    Rajesh ji, milayar padhna janna paryo ni , sabai kura clear nai chha ni, ki kaso ho archana Didi?

    Surya F/ Bharatpur,chitwan

    ReplyDelete
  11. oh...god...what a post...i have only one word for this..."Awsome" it's 1'st time i'm reading your blog n i couldn't stop commenting on this one also...haahaha great work keep on writing ...

    ReplyDelete
  12. sis if u dnt mind yo story ali na mile jasto lagao... ending ramro china... start thekai chha ane bf le kina tyha pathako tyo pane aliu na mile jasto chha..
    not sooo bad pane...

    ReplyDelete
  13. Gyan Rai10:24 PM

    I appreciate your story Archana ji. I hope to read Collection of your great stories someday in the future. Cheers!!!

    ReplyDelete