
"Marriages are made in heaven अर्थात विवाह स्वर्गमा बनाइएको हुन्छ" यो भनाइ लाई नेपालीले गोल खुवाइ दिएका छन्। तातीका ताती बिदेशजानलाई भर्खर जुङ्गाको रेखी पनि नबसेकाहरु विवाहित भएको देखेर कस्तो अटुट प्रेम रहेछ भनेर भिसा दिने मान्छे नि जिल पर्दा हुन। अझै जिल्ल त बिदेश आएको केही बर्षमानै डिभोर्श गरेको देखेर पर्दा हुन।
एउटा भिसामा अर्को फ्री उपहार पाउने हुनाले नेपालका केहि कन्सल्टेन्सीले यस्तो जुक्ती लगाएर बिहावारी पनि गर्दिने लमी काम गर्छन् । धेरै नक्कली दुलाहा दुलाही बन्न सफल पनि भए बिदेश पनि आए तर अहिले आएर बिदेशीहरु चुप लागेर बसेका छैनन् । अहिले अष्ट्रेलियामा साचिकै पढ्न आउने तथा साचिकै विवाह भएकोलाई पनि धेरै प्रमाण बुझाउनु पर्ने अवस्था छ। बिद्यार्थी भिसामा पनि एकदम कडाइ गरिएको छ भने विद्यार्थीले अष्ट्रेलियामानै विवाह गरे पनि आफ्नो पार्टनरलाई डिपेन्डेन्टमा राख्न एकदम गार्हो छ ।
तेस्तै गरेर वेलायत सरकारले २१ अप्रिलदेखि लागू गर्न लागेको नयाँ नियमले करिब १५ हजार विद्यार्थी र तिनका १० हजार ‘डिपेन्डेन्ट’ प्रभावित हुने भएका छन्। नयाँ नियमले विद्यार्थी तथा तिनका ‘डिपेन्डेन्ट’लाई काम गर्न रोक लगाउनेछ। बेलायतको चर्को महगो शहरमा काम नगरि पढ्न नेपाली को लागि बडा कष्टकर हुनेछ। बेलायतमा झन नक्कली विवाह गरेर जानेहरुलाई त दातमा नराम्रो सँग ढुङ्गा लाग्ने छ न आफ्नो बुढी भनेर सँगै दु:ख बाढ्न पाउने छन न त काम गर्न पाउने छन्।
तेस्तै गरेर अमेरिकामा पनि ग्रीन कार्ड को लागि आफु भन्दा दोब्बर तेब्बर उमेरकालाई नि बिहा गरेर सुनिन्छ।
अब यो नक्कली बिहा गरेनी फेरी सक्कली डिवोर्सको ट्याग त जिन्दगी भर बस्छ नै । हाम्रो समाजको सात जन्म सम्म तिम्रै हुन पाउ भन्ने उखान त गोल खाडी नै खाने छ।
नक्कली बिहाले गर्दा साच्चै बिहा गर्दा धेरै समस्या पनि भोगेको बिदेशमा देख्न सुन्न सकिन्छ। हुन त नेपालीहरुको पनि आफ्नै बाध्यता र परिस्थितीले गर्दा यस्तो गरेको हुन सक्छ तर नक्कली काम गर्दा भबिस्यमा आइ पर्ने सक्कली दु:ख पनि मनन गर्न जरुरी छ।
यस्तो नक्कली विवाह गर्ने चलन नेपाली विद्यार्थीबीच गत वर्ष बेलायत भीषाको लहर चल्दा पनि धेरै बढेको थियो। अब त्यसमा कति विवाह सही र कति गलत, त्यो त भगवानले नै जानुन् | तर धेरै राम्रो लेख भन्नु पर्छ अर्चना जी! तपाईंको हास्यपूर्ण लेखको म नियमित पाठक हुँ |
ReplyDeleteसाँच्चै भन्ने हो भने, नक्कली काम क्षणिक हो ! सक्कली मात्र टिक्न सक्छ !
ReplyDeletepahile aus ma nakkali bihe garera aaye, aajkal visa thapna ko lagi jhanjhant hundaicha. sabai divorce gardaichan.....hera kantabijog
ReplyDeleteके को नक्कली बिहाको मात्रै बिजोग सक्कली नै बिहे गरेर बुढीको depedency मा अस्ट्रेलिया गाको एउटा साथी ६ महिना नपुग्दै बुढीले कोठाबाट धपाई दिएर घर न घाटको भएर घरबाट बाटो खर्च मगाएर भर्खर आइ पुगेको छ है मेरो एउटा छिमेकी केटो /
ReplyDeleteDness