बिहा भएपछी फेवाताल र बिन्दबासिनी मन्दिर देखाएर यही हो मैया हनीमुन भनेर मेरा प्यारा स्वामी जि तर्कन खोजेको जस्तो लाग्या'थ्यो तर म कहाँ मान्थे र मेरो माग न्युजल्याण्ड थियो तर हिजो आएको ६.३ रेक्टर स्केलको भुइचालोले हाम्रो जाने है भनी सकेको प्लान धम्फुस भएको छ। बिचरा क्राइसचर्चबासीहरुलाइ गत बर्ष सेप्टेम्बरमा ७.१ रेक्टर स्केलको भुकम्पको बिनाशबाट भर्खर सामान्य जीवनमा फर्किन नपाउदै अर्को बज्रपात पर्यो । अहिलेसम्म ७५ जना मरी सकेका छन् भने करिब ३०० जना हराइरहेका छन्।भुकम्प गए लगतै सोसल मिडियामा फलो गर्नेको जमात ह्व्वात्तै बढेको छ। फेसबुकमा ChristchurchEarthquake भन्ने पेजमा ६९,८०२ जना जती जम्मा भइसकेका छन्। देश बाहिर भित्रका आफन्त साथीभाईहरु एक अर्काको संपर्कमा आउने क्रम जारी छ।
त्यस्तै संपर्कको क्रममा Michelle Gourley ले आफ्नो ७० बर्षको बाउ घाइते भए कि मरी सके कि सञ्चै छन भन्ने स्थिती बाटो र फोनको लाइन बिग्रिएको कारणले था' पाउन सकिनन् र उनले आफ्नो अमेरिका भएका भाईलाई फोन गरेर टुइटरमा ओपवा भन्ने ठाउँ नजिक कोही छन कि भनेर टुइट गर्न लगाइन। भाईले पनि तेही अनुरुप टुइट गरे, टुइट गरेको केही छिन मै अच्चम सँग जोन भन्नेले टुइट फर्काए "म ओपवा भन्ने ठाउँमा छु मलाई तिम्रो बुवाको घरको ठेगाना देउ" ठेगाना पाउन साथ कहिले पनि नदेखेका नभेटेका बिल्कुलै अनजान मान्छेको बुवालाई हेर्न दुगुरे। ति टुइटरमा भेटेका अन्जानका बुवा भएको ठाउँमा जादा त उनी आफ्नो पुरै भत्किएको घर अगाडि सञ्चै कार भित्र बसी रहेका रहेछन् । त्यो देखेर उनले पनि खुशी हुँदै तिम्रो बाउ सञ्चै छ भनेर उतिनै बेला टुइट सुइकाइ दिएछन्।
आशा छ हामी पनि आपत बिपत पर्दा प्रबिधी सहि रुपले प्रयोग गरेर समान रुपले मानवाताको नाताले सहयोग गर्न सकिन्छ कि?
आशा छ हामी पनि आपत बिपत पर्दा प्रबिधी सहि रुपले प्रयोग गरेर समान रुपले मानवाताको नाताले सहयोग गर्न सकिन्छ कि?
अर्चना जी, राम्रो सन्देस दिनुभयो, सामाजिक सन्जाल को एउटा राम्रो सदुपयोग को नमुना हो यो। तर, धेरै जसो चाँही यसको दुरुपयोग नै भएको छ।
ReplyDeleteNice blog!!! Congratulations! Nice country this yours!
ReplyDeleteVisit my! There are a translation tool, in both!!
www.camponotus-ba.blogspot.com
www.tireossapatoseentre.blogspot.com
big hug and namaste!!