
नेपालमा यो बर्षको सबै भन्दा हिट कुरानै गलत तरिकाले गरेको भए पनि सहि निसाना परेको पारसको हवाइफायर र देवीबाजेको झापु होला जस्तो छ।
पारसको हवाइ फायर तत्काल बिबादित भए नि घर ज्वाँईको कर्तुत था’ भए पछी तरिका गलत भए नि ठीक हो भनेर जनताले भने।
त्यस्तै गरेर झापु खाए पछी एमाले नेता झलनाथ खनालका परिवार र संयम नेताजिउ र केही कार्यकर्ता बाहेक सबै जना खुशी भएका छन। खुशीको लहर देश तथा बिदेश सबै तिर फैलिएको छ। ब्यापक राजनीतिक निराशा बिच देबी बाजेले हानेको चडकन् ले जनता बिच वाह् वाह् पाएको छ र उनको समर्थनमा फेसबुक पेज पनि खोली सकेको छ। जस्मा यो ब्लग लेख्दा सम्म 2900 जनाले मन पराइ सकेका छन् र अनलाइन फेसबुक ग्रुपले देवी प्रसाद रेग्मीलाइ १०,००० नगद पुरस्कार पनि दिने घोषणा गरेको छ । संसद भवनमा पनि झापु सबैनेताले खाएको महसुस गरेछन। तिनलाई अब देखी जनताको माझ आउँदा हेलमेट, गमबुट, लाईफ ज्याकेट चाहिने होला।
मैले कक्षा पाचमा लक्ष्मण सरको हात बाट खाएको झापु अहिले सम्म बिर्सेंको छैन मलाई लाग्छ अब झल्लु अंकलले पनि झापु सम्झी सम्झी संबिधान र नयाँ प्रधान मन्त्री छिटो छिटो बनाउन जोड दिने छन कि?
पारसले पनि राज्यले छुन र देख्न नसक्ने अपराधी खोजी खोजी पटका हवाइ फायर गर्दिए अझ पपुलर पो हुने थिए कि?
झापु त कडा तरिकाले नै बजाको स्थिति हो । पारस को समर्थन नगरे नि, देवीप्रसाद को चैँ समर्थन गरिएको स्थिति हो ।
ReplyDeleteha ha aakar
ReplyDelete"नेता कि देवीप्रसाद"- कस्को समर्थन गर्ने भन्ने हो भने म पनि आँखा चिम्लेर देवीबाजेको समर्थन गर्छु :)
ReplyDeleteYo buda le afno naam kamauna khojeko ya kun chai lai impress garnu khojya ho patta lagaunai sakiyena!
ReplyDeleteके सुध्रिन्थे ... झिना मसिना कुरा मा ध्यान नदिनु रे ! बिर्सि सके होलान् !
ReplyDelete"नेताको सर्मथन गर्ने कुरा नै भएन नि देवी प्रसाद रेग्मीलाई सलाम"
ReplyDelete