12/5/10

गूगल adsense को कमाइ समाजसेवालाई

गुगल adsense कमाइको बारेमा मैले धेरै ईमेल पाउने गरेको छु र मेरो ब्लगमा सबै भन्दा बढी हेरिएको पोस्ट पनि "गूगलले साच्चै पैसा पठाउछ" हो। अब देखी ब्लग र अरु मेरो साइट http://www.tiger.com.np बाट आएको पैसा समाज सेवाको लागि जानेछ। हुन त मलाई यसरी राम्रो काम गर्दै छु भनेर बाजा बजाउन त मन थिएन । गोप्य रुपमानै गर्न मन थियो तर यसो सोचे जुन रकम मैले पाउछु त्यस्मा मेरो भन्दा तपाईंहरुको बढी हक लाग्छ किन कि गूगल adsense क्लिक त साच्ची भन्दा आफ्नो साइटमा मैले कहिले नि गर्दिन। त्यसकारण गूगलको कमाइ के कस्तो ठाउँमा लगानी गर्ने भनेर हजुरहरुकै जिम्मामा छोडेकी छु।

मेरो गूगल कमाइ बारे जानकारी
१) गूगलबाट $११० भन्दा माथि कमाइ भयो भने जानकारी गराउने छु
२) हरेक गूगलको कमाइ कुनै सामाजिक सेवा गर्ने सस्था अथवा ब्यक्ती लाई दिनेछु
३) रकम हस्तान्तरण गरे पछी प्रमाण सहीत कुन सस्था अथवा ब्यक्ती लाई के प्रयोजनको लागि दिए जानकारी दिनेछु।

हुन त मेरो गूगल बाट आउने पैसा ठुलो रकम हुँदैन तर पनि थोरै नै भएपनि कसैको जीवनमा केही मद्घत गर्न सकिन्छ।
मेरो आफ्नो interest चाँही अनाथ शिक्षा तथा बुढेसकाल को मानिस हेरचार हो तर पनि थोरै पैसा हुने हुनाले कसलाई दिदा ठीक हुन्छ कृपया तपाईं लाई थाहा भएको राम्रो social worker or social organization को नाम तथा contact number/email address पठाउनु होला।

यो पालीको कमाई AUD$113.32
गुगलले मलाई पठाउन साथ म यो रकम कुनै social worker or social organization दिनेछु :
thanks for clicking my google adsense. click can make difference. :)

11 comments:

  1. उत्कृष्ट विचार ! हार्दिक शुभकामना यो राम्रो कामको थालनीको लागी !

    ReplyDelete
  2. blog pachi aba archna ji le ngo ma haat halne bichar gare jasto chha....ramro bichar. lau dherai paisa uthos,subakamana.

    ReplyDelete
  3. All the best!!

    ReplyDelete
  4. निकै राम्रो विचार अर्चना जी... सहयोगको रकम कहिले पनि सानो हुदैन... दिने को मन ठुलो हुनुपर्छ... तपाई को मन एकदम ठुलो छ... धेरै धेरै शुभकामना...

    ReplyDelete
  5. Anonymous1:14 AM

    कसरि adsense को income taha paune ? please reply me

    ReplyDelete
  6. Congratulations didi !! Good initiative ... KUDOS !! :)

    ReplyDelete
  7. अर्चना जी ब्लगबाट प्रशनीय कामको सुरुवात । बधाई छ ।
    हजुरको ब्लगमा भएजस्तो ट्विटर अपडेट मेरो ब्लगमा कसरी हाल्ने ? कृपया मलाई सहयोग गरिदिनुहोला ।
    शर्मिला खड्का दाहाल ।
    shakhadasahitya@gmail.com

    ReplyDelete
  8. Archana jhi yo google adsense blog ma add garna blog open gareko yeti mths minimum huna par6 bhanne cha ki chaina???

    @sharmila jhi: blogger ma add a gadget garesi featured tab ma click garesi twitter updates bhanne gadget au6 ani add garna mil6. But tyo chahi simple cha if u need as archana di write on my blog i will tell u how to get that

    ReplyDelete
  9. @Durgajee, if you are not able to open google adsense thru your blog. you can open seperatly going to this link.
    https://www.google.com/adsense/app-api-2

    ReplyDelete
  10. when i click the link it says cookies are not enabled and i followed the instructions and enabled but i can't access the link....

    ReplyDelete
  11. rajendra maharjan8:37 PM

    malai pani online bat paisa kamaunu 6 tar kasari thaha 6ina sahayog garnu hola. tapai ko bichar ramro lagyo.

    ReplyDelete