4/24/10

प्रचण्ड भन्दा काले कुकुर राम्रो रे

कहिले दसैंको शुभकामना नपठाउनेहरुले यसपाली घोर्ले खशी र नयाँ नाना पठाए। नेपालीको २०% आमाहरुले नि फेसबूक हेर्छन कि हेर्दैनन् था छैन तर फेसबूक भरी आमाको मुख हेर्ने दिनको शुभ-कामना प्रचार प्रचार भएको थियो । सबैभन्दा मलाई हासो उठेको त फ्यान पेज हो ।

यार जे को पनि फ्यान पेज हुने अब कलाकार, नेता, कबी, लेखकको त हुने नै भो । ताल न बेतालका कुरामा पनि हजारौ मान्छे फ्यान हुने । जस्तै यसपाली पनि कलेजमा झुर केटी आए , के पट्याउनु यो सिरक !!! भरे फेरि खोल्नु परिहाल्छ, कस्तो भोक लाग्यो के खाजा खाने होला, मलाई प्रचण्ड भन्दा काले कुकुर मन पर्छ, ओए भोक लाग्यो मो:मो खान जाम न आदी इत्यादी

कहिले काही त हासेर मर्नु हुन्छ, तेही पारा देखेर होला, फ्याननै शब्दको बेज्जत गरे भनेर होला फेसबुकले Be a Fan हटाएर Like भन्ने बटन मात्रै राखेको छफेसबुकको फाईदा नि छ है, हिन्दी फिल्ममा जस्तो शुरुमा छुट्टीएर अन्तमा भेटेजस्तो कैले कैले स्कुलका साथी ट्याक्क भेटिदा त दङ्ग पो परिन्छ गाठे । साथी मात्रै होइन साथीका पती र छोरा छोरीको फोटो ड्याम्म देख्दा त happiness double पो हुने रैछ ।

सुन्छु यो फेसबुकले नि धेरैको समय बर्बाद पारी सक्यो रे। अफिसमा काम धन्दा छोडेर उही फेसबुकमै बेस्त हुन लागे भनेर धेरै जसो अफिसमा त आज भोली फेसबुकनै ब्लक गर्दिन्छन् । काम गर्ने नि के कम, फेसबुक चलाऊन नदिने भे काम गर्दिन भनेर बिरोध गरेको समाचार अस्ती भर्खर पढेकी थिए।

म पनि आज देखी जम्मा १० मिनेट मात्र फेसबुकलाई टाईम दिने कसम खाइ सके , आलुको कसम्!! ;)

5 comments:

  1. Anonymous5:36 AM

    फेसबुक वाक्क समुह बनाउँ न है।

    ReplyDelete
  2. रोचक पोस्ट अर्चना जी, अब आलुको कसम पेटमा पचिसकेहोला त्सैले अरुनै कसम ट्राई गर्दा राम्रो ।

    ReplyDelete
  3. Submit your blogs or website to http://www.googlenepal.co.cc/directory

    ReplyDelete
  4. Anonymous1:57 AM

    I think, we must love our nation, people and Leaders who worked hard for people's Victory. So please don't compare with the help of negative words and don't publish these kind of words in your blog. Your blog is very important and positive which gives us information of our nation, people and leaders.
    ---- Nepali

    ReplyDelete
  5. Anonymous2:02 AM

    Nani, we must love our nation, people and Leaders who worked hard for people's Victory. So please don't compare with the help of negative words and don't publish these kind of words in your blog. Your blog is very important and positive which gives us information of our nation, people and leaders.
    Lion, Rolpali

    ReplyDelete