आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।
दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।
बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।
छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।
नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।
पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।
Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।
नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।
छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्।
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।
धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।
किन कि दिमाखको बत्ती त यहाँ आएर पो बालेको छु।
चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न।
असल काम मिहेनत गरेर खान पो जानेको छु ।
Kfc खान्छु mc Donald खान्छु ।
परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।
this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.

Nice one!
ReplyDeletegood advise to allboys and girls of nepal.
ReplyDeleteRight now I am touring in India and India is far better then Nepal in almost side
Archana ji,
ReplyDeleteExcellent Creation.
काम बढी
ReplyDeleteकम कुरा होस्
देखेको सपना
पूरा होस्
नव वर्षको शुभकामना
Hope Archana's article will encourage Nepali students to go to China, Singapore & India for study and obtain GLOBALLY RECOGNIZED DEGREE from the reputed Universities like CEIBS-China, INSEAD-Singapore, ISB & IIM of India, instead of going to EUROPE, US and AUSTRALIA by getting admission in NOT RECOGNIZED universited in the name of socalled student visa and working as DISHWASHER.
ReplyDeleteWhat a writing!, what a composition!!
ReplyDeleteWish your dreams comes true.
मन को कुरा लेखिदिनु भो अर्चना जि!हामी सबैको सपना पुरा होस्।
ReplyDeleteमनको कुरा लेखिदिनु भो अर्चना जि,हामी सबैको सपना पुरा होस्।
ReplyDeleteArchana ji,
ReplyDeleteThis poem is really excellent, it touches the hearts of the nepalease around the globe.
Keep on blogging.......
prob.........the best artical. keep it up. archana.
ReplyDeleteVery Nice .... its the reality !!
ReplyDeleteसाह्रै घत लाग्यो, ऐना जस्तै छर्लङ्ग। तपाईले देखेको सपना सत्य होस। मेरो शुभ कामना छ।
ReplyDelete