1/26/09

नेपालमा बिहेको लागि दुलही खडेरी

सुनिन्छ नेपालमा अहिले बिहेको लागि केटि पाउन बडा मुस्किल् छ रे। लमिहरु पनि केटिको खडेरि परेकोले चकित छन् रे। कुरो के परेछ भने नि राम्रि राम्रि केटि सबै स्कुल कलेज मै बूक भै सक्ने रैछन्।

बिचरा खुरु खुरु राम्ररी पढ्ने दाँया बाँया नहेर्ने केटाहरु अब जवान भए पछी केटी पाउन मुस्किल भएछ। अझ तेही माथि भए भरका केटीहरु बिदेश जानाले पनि समस्या आइराखेको र बिदेश जानेले पनि dependent लग्न पाउने हुनाले सुटुक्क विवाह गरेर जानाले विवाह योग्य बरलाई अझ थप समस्या भएको बिशेष सुत्रले जानकारी दिएका छन। आज भोली १८ बर्ष पुग्न नपाउदै education consultancy ले राम्रो अफर निकालेका छन् । जोडी मिलाउनु होस् बिदेश जानुहोस्। एउटा भिसामा अर्को फ्री । अब यस्ता कलीला युवा युवतीलाई विवाहको certificate भिडाइदिए पछी अबको पाँच बर्षमा Divorce गर्न नेपालीहरुले अमेरिकिलाई उछिन्ने छन्।

अब यस्तो केटीको खडेरीको कुरा मेरो सासुमुमाको कानमा नि पुगेछ। अहो!! छोरोले बेलैमा लप गरेछ भनेर सकल परिवार खुब दङ् छन् अरे।

हिजो यहाँ अष्ट्रेलियन डे थियो। यसो सिटी तिर गएको थिए । जुङ्गाको भर्खर रेखी बसेको एकजना नेपाली भाईलाई भेटे दिदी म त बिहे गरेर आको भने। कती चाडो बिहे गरेको नि भन्दा नक्कली बिहे गरेर आएको रे। Consultancy ले सबै मिलाइदियो रे आफ्नो girlfriend लाई चाहि नलिकन आएर चिनु न जान्नुको केटी सँग बिहा गरेर dependent भएर आएको देखेर म त चकित परे।

मेरा आफन्त ईन्जिनियर छन, महिनाको हजारौ कमाउछन् विवाहको लागि योग्य छन। उनलाई केटी पाउन गाहो भएको बेला यो नाथे १२ कलास पनि नसकेकोले बिहा?? त्यो पनि नक्कली!! गरेर आएको देखेर मननै कुढियो।

अब यस्तै गर्न लागे भने नेपालमा साच्चिकै जोडी मिलाउन चाहनेलाइ बडा मुस्किल हुने भयो । नक्कली बिहे गरेर डिभोर्स गर्दा जिन्दगी भर डिभोर्सको ट्याग सक्कली रुपमै लाग्छ भनेर किन नबुजेका होलान। विवाहलाई किन यस्तो बिदेश आउने भिसा बनाएका होलान। लौन प्रभु मैले त बुझ्न सकिन।

15 comments:

  1. हा हा हा! निकै रमाइलो कुरा गर्नुभयो! सोझासाझाका दिन सकिएछन्। तै आफूचाहिं १०-१२ वर्ष पहिल्यै जन्मिएर राम्रै गरिएछ, नत्र केपी भट्टराइको जमातमा गइने रैछ:)

    ReplyDelete
  2. ठट्यौली पारामै उठाईएको भए नि विषय बडा गम्भीर हो ,आज यौटा कुराको समाधान देखेर बिदेश जानकै लागी फालहालेर बिहे गर्नाले भोली अनेकौं समस्या उब्जिनेछ तर प्रभुले मद्दत नगर्लान यो विषयमा किनभने सबैले आफ्नो मनको प्रभुलाई आफुझैं लालची र स्वार्थी बनाउँदैछन् ।

    ReplyDelete
  3. आसनमा बसेर शासन गर्ने नै अगतिला भएको राष्ट्रमा यो भन्दा राम्रो समाचारको त आस गर्न पनि बेकार भइसक्यो । मैले सुनेको यो प्रथा थाहा पाएर विवाहको कुरामा निकै कडिकडाऊ गरेको छ अरे अष्ट्रेलियन एम्बेसीले । तर चासो त नेपालको हुनुपर्ने हो नि खासमा । हाम्रो सरकार सबै थाहा पाएर पनि मुखदर्शक बनेको छ । अनि बाँकि रहे मुर्ख जनता । २ पैसाको लागि इमान जमान बेच्न सक्ने कुच्छेदहरू !! पैसा पैसाको थुप्रोमा गाडेर चिमोटि चिमोटि मार्दिनुपर्ने यस्ता कुजात नेपालीलाई त !!!

    ReplyDelete
  4. Anonymous7:16 AM

    By Far it will have really huge social effect.

    ReplyDelete
  5. मेरो यो नेपाली कानले त के सम्म सुन्न पाँए भने अाफ्नै दाजु बहिनी (फुपु चेली) पनि बिहे गरेर गएको रे । अब यो भन्दा निच र घटिया त हाम्रो सरकारी कार्यालय पनि छैन । कमसेकम पैसानै लिए पनि नचिनेको मान्छे सँग लिएर त काम गर्छन । अब विदेश गएपछि त नेपाल फर्केर अाउदा कसैले केहि कुरानै नगर्ने हुन्छ ढुक्क छ नी ! तर नेपालमै बसे एउटा केटा र केटी एकमिनेट कुरा मात्र गरे कुरा कट्न थाल्ने समाजको पनि जयहोस् ।

    ReplyDelete
  6. hehehe.. nice article.

    ReplyDelete
  7. That's what happen here mostly in australia...i'm pretty much worrid bout my future wife..

    ReplyDelete
  8. Anonymous8:53 AM

    अब हामी नेपालमा बस्ने सोझा चै हेरेको हेर्‍यै हुने भयौँ नि

    ReplyDelete
  9. Anonymous9:00 AM

    बसन्त दाई त १०/१२ बर्ष अगाडी जन्मेर ठीक गर्नु भो, हाम्रो पो के हुने हो ?

    ReplyDelete
  10. Anonymous6:21 PM

    तेही त यो डिपेन्डेन्ट भिसाले त गर्नु गर्‍या छ भन्या.......मामा-भान्जी, देवर भाउजु, दाजु-बहिनी सम्म पनि डिपेन्डेन्ट बनेर सिड्नी आउनेहरुको ठुलै जमात भईसक्यो यहाँ....

    ReplyDelete
  11. Anonymous6:47 AM

    Your blog is really good. Keep writing

    Ankit.

    ReplyDelete
  12. TITO SATYA UJAGAR GARNU BHAYAKOMA DHANYABAD

    ReplyDelete
  13. नेपाली केटीहरुको दोष भन्ने की उनीहरुका गार्जियनहरुको कमजोरी, पैसा सवैलाई चाहिएकै छ अनी के गरुन बिचरीहरु पैसा टन्न भए पछि इज्जत पनि ठुलो मानीस त झन के भन्न र हैन ?

    ReplyDelete
  14. Anonymous2:42 AM

    dhanna dherai padhiyena nepal ma dherai padheko bhaye khera jane raincha. akhir yeha aayera khetbari ma haaali ko kaam garnu parne raicha. Bela Bela ma ta ma aafai chakka parchu, nepal ma computer engineer, civil engineer, masters, pass garera nepal ko paisa badi bhayeka haru yeha ko khetbari ma homiyeka chan. Khoi yeti dherai padheka inle ta k hi nabhuji aayeka raichan, aafnu mula nathe inter pass le k hunthyo.

    ReplyDelete
  15. अर्चना जी राम्रो लेख लेखनु भएछ खुसी लागो तपाईको लेख पढेर आउने दिनहरुमा पानी येस्तई लेख रोचक र घोचक लेख हरु पढ्नु पाऊ भन्ने कामना गर्दछु!!

    ReplyDelete