10/26/08

संपर्क हुन नसकेको मोबाईल

टेलकमको दिदी को स्वर पनि सुन्दा सुन्दा वाक्स्(वाक्क धेरै लागेपछी वाक्स् हुन्छ) लागिसक्यो। २ दिन भयो नेपाल फोन लगाउन खोजेको कस्तो मुल परेको टेलकम रैछ संपर्क नै नगराइदिने। ल्यान्डलाइनमा हानेको एउटा नेवारनी आन्टी ले कस्लाई खोजेर ल्याएको भन्छिन। हन ललितपुरमा हानेको फोन भक्तपुर पुगेको देखेर म त तिन छक् परे। अली अली हो र जिल्लाकै हेराफेरी हुन लाग्यो।

नेपालमै छ्दा पनि कसैले बिदेश बाट फोन गर्‍यो कि UTL वा Mero Mobile को नम्बर आउथ्यो। त्यस्तो नम्बर बाट आएको कुरा राम्रो सँग नबुझिने र नसुनिने हुन्थ्यो। आफ्न्त सँग फोनमा घाटी सुक्ने गरी कराउन पर्थ्यो।तेती मात्रै कहाँ हो र कहिले काही आफ्नो बोय्फ्रेन्डसँग मिठा मिठा गफ भैई रहेको बेला अर्कै सँग लाइन जुध्न पुग्थ्यो। अब परेन त आपत्!

बिदेशबाट आउने फोनमा लोकल नम्बर आएको कुरा २-३ चोटि मैले टेलकममा खबर गर्दिन खोजे तर टेलकमको फोन कहिले नउठ्ने अहिले नउठाउने भए पछी मैले आफ्नै समयको बर्बादी ठानेर छोड्दिए।

संसारमै सुचना तथा संचार प्राबिधिको बाढी आइरहेको बेला टेलकम(टेलीफोन कम?)ले आफ्नो सेवा सुधार्ने बेला आएन र?

9 comments:

  1. Anonymous5:40 AM

    अर्चना जी, के गर्नु र खोई! कति भन्ने लाईन अपग्रेड गर्नु पर्र्यो भनेर। कुर्सीमा बसेका सबैलाई भुँडीपुराण लगाउनु सिवाय फुर्सदै छैन। अनी के गरुन् त टेलकम होकी तेलकम (खाने तेल होईन नि कानमा लगाउने तेल पो त) दिदीले मात्रै! त्यसैले तपाईले गरेको नम्बर मिलेन, तपाईको कल निषेध गरिएको छ आदि-ईत्यादि भन्दै ढाट्नै पर्र्यो नि! क्यार्'नु र, ड्युटी त पुरा गर्नै पर्र्यो नि, कि कसो?

    ज्ञान, कता(हो?)र

    ReplyDelete
  2. सबैलाई एकै किसिम को समस्या छ ।
    अस्ति को दिन फोन गरेथेँ, एउटा साथिलाई तर पुग्यो अर्कै ठाउँमा ।
    महत्वपुर्ण काम त्यसै थन्कियो ।
    if you have time:
    http://aakarpost.blogspot.com/2007/11/blog-post.html
    mobileeeeeeeeee.....

    ReplyDelete
  3. I'd the same problem. I dunno when Telcom will face "New Republic Nepal's first" the day without communicating problem. Loadshading of NEC is another problem, can't do much abouth it.

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. होतनी बाइ यो समस्याले हामी सबैलाई सतैरहेको छ । यस्को समाधान खोज्न सबै नेपाली जागरुक हुन पर्‍यो, यसो गरे कसो होला?? ँँंँसंसारको सबभन्दा मोटो ब्गतिको बिबाहको विडियो हेरना तलाकों लिंक माँ क्लिक गर्नुहोस :

    http://link.brightcove.com/services/link/bcpid1137883380/bctid1879680632

    ReplyDelete
  6. अब नयाँ नेपाल बनाउनकोलागि अनुहारमा फेयर एन्ड लबली लगाएर नेताहरू एकछीनका लागि गोरो बनाउने तिर लागेपछि धुदा त कालो देखिन्छ नै हैन र?

    ReplyDelete
  7. Anonymous4:13 AM

    Yes, its always hard to make phone calls from Qatar to Nepal also and more expensive than other country via Internet and Normal Telephone.

    ReplyDelete
  8. Anonymous3:37 PM

    Tapai ko telephone ma bahya subidha chhaina. This is common when we dial from abroad. Ha ha ha..

    ReplyDelete
  9. Anonymous11:32 AM

    i think you r also a newar rite ?

    ReplyDelete