9/7/08

Nepal festival -2008 in Melbourne

Federation Squire मा सधैं जसो अर्काको देशको प्रोग्राम हेर्न पर्थ्यो तर आज ईतिहासमै पहिलो पटक धुमधाम सँग मेल्बेर्नमा नेपाली महोत्सब भएको थियो।

बातावरण सार्है रमाइलो थियो। जता पनि नेपाली भेटिने, नेपाली नै सुनिने। नेपालि पहिचान देखाउन कोही कोही नेपाली सारी र दौरा सुर्वालमा आएका थिए। धेरै जसोले नेपाली टोपी लगाएर आएका थिए र टोपी नहुने हरु पनि तेही स्टलमा ५ डलरमा किन्दै लाउदै थिए।
सबैलाई नमस्कार!!!

प्रोग्राम सुरु बत्ती बालेर भएको थियो। मेल्बेर्नको हावाले बत्ती बाल्नै मुस्किल बनाइ दिएको थियो। बत्ती बाली सके पछी राष्ट्रिय गान सुरु भयो। कत्ती नेपालीलाई नयाँ नेपाली गान कन्ठ पार्न नभ्याका होलान भनेर आयोजकले ठुलै स्क्रीनमा लेखी दिएको थिए। राष्ट्रिय गान पछी नेपाली भेष भुषा लगाएर, नेपालको बिभिन्न जात जातीको पहिचान झल्कने गरेर नाच गान भएको थियो।राजु लामा को मेरो नेपाल मेरो नेपाल गाना बजाउदा त सारा नेपाली हरु आफ्नो देश प्रती माया देखाउदै सबैले गाएका थिए। बिच बिचमा नेपालको फोटो हरु slide show गरेर ठुलो स्क्रीनमा देखाउदा त खुशीले दर्शक हरुले ताली बजाउने, सिट्टी बजाउने गर्थे।

त्यस बाहेक fashion show पनि भएको थियो जस्मा नेपाली सबै जातीको भेष भुषा लगाएर स्टेजमा हिनेका थिए। अहो सबै जना आफ्नो देशको पहिरन लगाएर fashion show गरेको देखेर ताली र सिट्टी बजाएर हौसाउदै थिए। Axe Band ले गाउन सुरु गरे पछि सबै जान आ-आफ्नै तालमा नेपालको झन्डा फराउदै नाचि रहेका थिए।

आज आइतबार धेरै जसोको छुट्टी भएकोले अधिकांस नेपालीहरु आफ्नो परिवारका साथ आएका थिए। तर आज यहाँ father’s day परेको ले धेरै जसो बिद्यार्थि restaurant मा काम गर्ने हुनाले हेर्न छुटेकोमा पछुतो पनि मानीरहेका थिए।

नेपाली हरु जे प्रोग्राम गर्दा पनि झगडा गर्ने हुनाले यो प्रोग्राम मा पनि केही होला, नेपालीकै बेज्जत होला भनेर सबै लाई पिर थियो तर प्रोग्राम सार्है राम्रो र सफलता पूर्वक सकियो।

Click here to see Melbourne-nepal Festival Picture

5 comments:

  1. Nepali haru lai Nepal ko maya Nepal ma basda banda bedesh ma basda badhi lagdo jasto lagyo :-)

    yetinai maya nepal mai basda/hunda wa nepal ma pharkera garda ali ramro hune ho ki !!!

    ReplyDelete
  2. Anonymous5:50 AM

    For photos from Nepal festival 2008 in sydney visit http://aussienepali.com/2008/09/14/nepal-festival-sydney-2008-in-photos/

    ReplyDelete
  3. Anonymous10:01 PM

    Nice discription Archanaji....it must have been overwhelming and hell lot of fun

    ReplyDelete
  4. Anonymous7:11 AM

    Namaste,

    You have a nice blog here. We would like you to join our network of Nepali blogs, and competitions. http://nepaliblogawards.blogspot.com

    Thanks

    ReplyDelete
  5. Enjoyed the photographs of the event. Thank you.

    ReplyDelete