8/1/07

भात पकाउन भन्दा कम्प्युटर चलाउन सजिलो

हिजो animation को क्लास थियो केटी हरु २ ग्रुपमा बाडिएका थिए कस्ले भन्दा कस्ले राम्रो बनाउने भन्ने होड थियो। उनिहरु अक्षर यता बाट उता र फोटो हरु यता बाट उता गरेर animation गर्न बेस्त थिए।

एतिकैमा मैले एउटा ग्रुप लाई सोधे भात पकाउन सजिलो कि कम्प्युटर चलाऊन ? उनिहरु को एउटै स्वर आयो कम्प्युटर चलाऊन अनी animation गर्न।

IT Training को हासो

ए तेसो भए तपाईं को बुढाहरु ले दु:ख पाउने भए । हा हा हा हासो ले कोठा नै गुन्जायमान हुन्छ । तेतिनै बेला अर्का सर आइ पुग्छन यो अर्चना मिस पनि जोक गर्नु हुन्छ भन्दै, मैले भने कहाँ जोक गर्नु म केटी हरु को मनको कुरा बुझ्दैछु फेरी म अर्को ग्रुप भएको तिर लाग्छु र तेही प्रश्न तेर्साउछु। मेरो प्रश्न सकिन नपाउदै बिमला जि भन्नु हुन्छ कम्प्युटर चलाऊन नै सजिलो भात पकाउन त गाहो बिहानै बेलुकै टेन्सन …..

कम्प्युटर चलाऊननै सजिलो आहा...

हुन पनि हो अब भात मात्रै पकाएर, भान्छा चुलो गर्दै डाडु पन्योउ चलाऊने हरु माउस र किबोर्ड चलाऊन बेस्त थिए अनी आज के तरकारी पकाउने होला भनेर सोच्ने दिमाखले वेब साइट बनाउदा कस्तो कलर प्रयोग गर्ने होला भनेर सोच्न बेस्त थिए । अनी भान्छा को झ्याल बाट पाहुना लाई चियाउने आँखा हरुले ईन्टरनेटको झ्यालबाट संसार लाई चियाइ रहेका थिए अनी त रमाइलो हुनेनै भयो।

यो पालाको ट्रैनिङ बर्खे ट्रैनिङ भयो बिहान बिहान पानी परेर हैरान भयो। सुकिलो लुगामा आईरन साइरन लगाएर गयो, ट्रैनिङ दिने ठाउँ सम्म पुग्दा हिलै हिलो भइने । तैपनी सबै को जोश जागर छ केही सिकौ, केही गरौ भन्ने, हिलो र पानीले केही लछारेन ।

animation नै रमाइलो.. भात पकाउदा एस्तो रमाइलो कहाँ हुनु। तरकारीमा नुन धेरै हालेर Undo गर्न कहाँ मिल्छ र?

अहिले नेपाल को जनसंख्याको ४% महिलाहरु ले मात्रै कम्प्युटर चलाऊन/सिक्न पाएका छन् हाम्रो उदेश्य भनेको धेरै भन्दा धेरैलाई कम्प्युटर सिकाएर digitally भौगोलिक रुपमा अझ सागुरिनु हो अनी सुचना तथा संचार माध्यम लाई अझै ससक्त बनाएर यस् बाट अझै फाईदा लिनु हो ।

15 comments:

  1. Absolutely, Yes I agree, but मलाई चै भात पकाउनु भन्दा खाएको भांडा माझ्नुमा नै मज्जा लाग्छ, के अर्नु त नि !

    eजोशी
    eblog.europenjoshi.com.np

    ReplyDelete
  2. हा हा हा! रमाइलो लेख्नुभयो!

    "भात पकाउदा एस्तो रमाइलो कहाँ हुनु। तरकारीमा नुन धेरै हालेर Undo गर्न कहाँ मिल्छ र?"

    ReplyDelete
  3. हा हा हा!!! रमाइलो कुरा लेख्नुभयो!

    ---भात पकाउदा एस्तो रमाइलो कहाँ हुनु। तरकारीमा नुन धेरै हालेर Undo गर्न कहाँ मिल्छ र?---

    ReplyDelete
  4. Anonymous4:58 AM

    Lollz, I am agreed with Mr. Basanta with UNDO command.

    ReplyDelete
  5. tara you know what archana, malai ta bhat pakaunai sajilo bhanda ni ramailo lagchha. office ma computer, ghar ma computer, college ma computer, assintment garna computer............ooohhh my god malai ta kahile nepal gayera bhat pakaune jasto bhaisakyo. really

    ReplyDelete
  6. Anonymous9:15 PM

    lau aba hami jastale chai dukha paune bhayau

    ReplyDelete
  7. Anonymous6:39 AM

    Animation ?? using what software ??

    ReplyDelete
  8. Anonymous1:29 AM

    malai ta bhaat nai pakauna aaudaina, k garney hola.. ehehehe
    Baru Bhaat pakauney training po katai paaincha ki?? for men??

    ReplyDelete
  9. there are lots of institute who gives the cookery classes. some of you can find in jamal and putalisadak area.:)

    ReplyDelete
  10. Computer ma ke garne bhanne kura ma bhar parcha. Chat garne, surfing garne, multimedia chalaune ho bhane chai ramailo hune nai bho ni.

    Try unlambda programming and you will know which one is easier.

    Bhat pakauna sajilo chaa bhanna ni khojya haina. Tara compare garna mildaina sister.

    ReplyDelete
  11. Anonymous2:31 AM

    भात पकाउन भन्दा कम्प्युटर चलाउन सजिलो
    हा हा True
    लुगा धुन भन्दा नि सजिलो कम्प्युटर चलाउन
    तर लेडिज हरुले नि कम्प्युटर चलाउन सजिलो भनेर त अलि भएन, भाँडा कल्ले भाझ्ने नी,
    I can try cooking but भाँडा भाझ्ने? Oh my god, I can't even imagine it. I would not at least marry the anyone among your students Archana.
    म सँग बिहा गर्नेले भाँडा माझ्न चाँही गारहो मान्न पाउँदैन हा हा ।

    ReplyDelete
  12. I don't agree, cause both are diffcult work to do. Till now i'vn't learn any good of my own. i don't have my own BHAT PAKAUNE RECIEPE nor my own COMPUTER USAGE knowledge, i mean really "MY OWN" .






    Don't STOP when you FLOP

    ReplyDelete
  13. Anonymous4:47 AM

    भात पकाउदा एस्तो रमाइलो कहाँ हुनु। "तरकारीमा नुन धेरै हालेर Undo गर्न कहाँ मिल्छ र" मलाई यो लेख को स्वदिलो मसला चै यही लाग्यो । म आज एक्कलाई हाँसे ,धैरै राम्रो छ ,

    ReplyDelete
  14. अलिकती कागती हलेपछी नून मा कमी आउछ नि।
    म कम्प्युटर ईन्जिनियर हो मलाई त भात् पकाउनै सजिलो लाग्छ र किन वने कुर भन्न गह्रो छ।

    ReplyDelete
  15. अलिकती कागती हलेपछी नून मा कमी आउछ नि।
    म कम्प्युटर ईन्जिनियर हो मलाई त भात् पकाउनै सजिलो लाग्छ र किन वने कुर भन्न गह्रो छ।

    ReplyDelete