2/9/07

प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा

भ्यालेन्टाइन डे भनेर कलेज, अफिस् ले सार्वजनिक बिदा नदिने, बिचरा कत्ती जनाको त यहि भ्यालेन्टाइन डे मै प्रेमको गाठो कसौला भनेर सोचिराख्नु भएको होला, कत्तिले त आफ्नो मन पराएको मान्छे सँग हिंडेको, डुलेको कुराहरु सम्झेर मनमा लड्डु फुराइ सक्नु भो होला, प्रेमी प्रेमिका नहुनेको को त एउटा पिडा छँदै छ हुनेलाई पनि टेन्सन नै छ ।

शायद तपाईंहरु पनि यस्तै यस्तै सोच्दै हुनुहुन्छ होला अब त्यो दिन कहाँ जाने, के गर्ने, कसरी मनाउने फेरी येतिकै साथीसँग हिंडे पनि जोडी को बिल्ला लगाइदेलान् भन्ने डर।

अहो कलेज टाईममा पो रमाइलो हुन्थ्यो त सबैको आँखा जोडी माथि पर्ने , हा हा अर्काको खुब चासो हुने । त्यो दिन त घर मा ढिलो गएपनि अहो ल कतै घुमेर आये जस्तो हुने। कसैसँग हिंडे पनि पसल् बाट पनि टाउको निकालि निकालि हेर्ने अनि बाइक् बाट पनि फर्कि फर्कि हेर्ने। फेरि क्यामेरा लियेको मान्छे देख्यो कि डर् लाग्ने यो पत्रकार् होकि फेरी फोटो झ्याम् खिचेर पत्रीकामा छाप्यो भने बर्बाद्। येस्तै येस्तै पिडा।

कलेज टाइम सकियो अफिस् गर्न थलियो । के गर्ने अफिस् त आउनै पर्‍यो, त्यो दिन त सबै बातावरण नै रोमान्टिक क्या । साथी हरु ले त मलाई भोज खुवाउन पर्छ रे अबुइ मेरो विवाह हो र भोज
खुवाउनलाई अचम्म छ बा ।

अब एउटा रमाइलो कुरा भनौ भ्यालेन्टाइन डेको दिन हाम्रा हाकिम एती बिघ्न रोमान्टिक भएछन कि बेस्करी perfume लगाएर आएछन अहो त्यो बास ले त मलाई रुघा नै लगाइदियो।

अब Association र मुक्ती मोर्चा खोल्ने फेसन आएको बेला प्रेमी प्रेमिका को पनि Association र मुक्ती मोर्चा खोल्ने होकी? जस्ले मायालु जोडी को हक हित को लागि लड्ने ।

हा हा जस्तै कि :
१. प्रेमी प्रेमिका को लागि माया गर्ने बातावरण मिलाइदिने ।
२. प्रेमिकाका दाइ र बाउ लाई बिशेष Counseling दिने ।
३. भ्यालेन्टाइन डे मा सबैलाइ छुट्टी दिने जस्ले गर्दा single चाँही double होस्
अनि double को माया झन बढोस् ।
४ . भ्यालेन्टाइन डे को दिन कलेज बाट ढिलो आए पनि घरमा सवाल जवाफ गर्न नपाईने ।
५. प्रेमी प्रेमिका पार्क बनाउने तेस्मा सन्कास्पद बेक्ती (दाई, बाउ, काका, हजुरबुवा) लाई छिर्न नदिने
यस्तै यस्तै अरु कुरा साथी हरु ले कमेन्ट बक्स मा थप्नु होला ।

हा हा, मैले त भन्देको मात्रै हो, हाम्रो साथी हरु त जोशिला हुनुहुन्छ फेरी साच्चै खुल्ला नि Nepal Lover Association.

read related articale>>

लब गरेको था पा भे त खुट्टा सुट्टा भाचेर घरमै राख्नु हुन्थ्यो होला

17 comments:

  1. Anonymous9:14 PM

    archu u r multi talented. oh my god, i m really impressed.

    best wishes,
    nisha

    ReplyDelete
  2. I want to be a member of that association.
    Nepal ma GF ko office janu cha re, aba fon mobile ma garnu parne bhayo. Nepal ma mobile ma call garda dheri mahango bhaneko. Bida bhayeko bhaye ghar ko landline ma fon garintheo.
    Fon ko paisa ghataune pani maag hunu paryo hamro association ko.

    ReplyDelete
  3. Anonymous6:52 PM

    अर्चनाजी यो एसोसिएसन त भोली नै खोल्न पर्ल जस्तो छ
    मेरो दाइलाई तह लगाउन भएपनि
    होइनभन्या आफुता गोरो, हसिलो राम्रै छु किन मन नपराएको होला :(

    ReplyDelete
  4. धैय गर्नुस् साथी अहिले मन नपरायेर के भो त पछि तपाईं कै खुट्टा को जल खान पर्छ :) :)

    ReplyDelete
  5. Anonymous7:29 PM

    हा हा हा! जोड जोडीको पनि पिडा हुँदोरहेछ ! मलाई त थाहै थिएन हो यो राज को बात्!
    पढ्दा साह्रै रमाइलो लाग्यो!

    पढ्दा साह्रै रमाइलो लाग्यो!
    अनि जहाँ सम्म प्रेमी प्रेमिकाको पार्क को कुरा छ, मेरो सुझाब चाँही, एउटा पार्क जोडीहरुका लागि बनोस् र अर्को चाँही साथीका खोजिमा बरालिएका हरुलाई!
    नत्र त हामी जस्ता ले न पार्क छिर्ने मौका पाउँछौ
    न कोइ फेला पार्न नै! हा हा हा
    कि कसो हो single yet to mingle folks? ;-)

    ReplyDelete
  6. Anonymous10:15 PM

    रमाईलो लाग्यो । कलेजको याद आयो । हुस्सु लागेको दिन, पहिलो कक्षा सकाएर सब बेपत्ता अनि हाम्रो छुट्टी भा'थ्यो ।

    ReplyDelete
  7. Wow! great article!!

    Actually u are really great. With every aspect. Beautiful, intelligent and what more??

    Anup Shrestha
    Pokhara
    www.tripnepal.blog.com

    ReplyDelete
  8. Anonymous12:47 AM

    **correction: maile mero GF ko dai bhaneko. hya ta arko pokhara ko anup pani aaunu bhayechha.

    anup shrestha
    kathmandu

    ReplyDelete
  9. Anonymous7:00 AM

    ओहो कति धेरै अनुप हो?
    मागहरु:
    सबै युवाहरुलाई gf को ब्यबस्था गर । (रोजगार बरु आफै खोज्न सकिने रैछ, तर gf खोज्न गर्हो रहेछ )
    समाबेसि लोकतन्त्रमा couple हरुको पनी प्रतिनिधित्व हुनुपर्छ
    couple हरुको स्वायत्त प्रदेश को स्थापना हुनुपर्‍यो ।

    यो माग पुरा नभए जुलुस् निकल्ने है !

    ReplyDelete
  10. अहो अनुप हरु को मेलानै लागेछ

    ReplyDelete
  11. Anonymous9:49 PM

    Really a great day, most have a bida... Love is really great...

    ReplyDelete
  12. Anonymous8:14 AM

    ma pani comeetee ma basne...

    ReplyDelete
  13. narayan, pahila aapho jodi banaunu ani committe ma basna painchha. committe ma basera ke ke garnu hunchha pahila kura sunam ani bichar garaula ;-)

    ReplyDelete
  14. I want to apply for the membership.
    where can i get the form?

    ReplyDelete
  15. सबै को कुरा मायालु जोडी मा नै अड्किए | हो म पनि एक मायालु हृदय भएको मान्छे हु | जब आफ्नो प्रेमी-प्रेमिका को बीच को कुरा गन्तब्य मा पुर्याउन त एसोसियन को खाचो हुने हाम्रो मुलुक कहिले माथि जाला र खै ? यस्तो एसोसियन भन्दा हामी युवा हरु को संबिधान बनाउने तिर पहल भए बेश हुनथ्योकी कि ? एसोसियन खोलि नै हाले पनि आज-कल का प्रेमी-प्रेमिका हरु हप्ता नै पिच्छे फरक हुन्छन अनि कसरि चल्ला र ? बिना सित्ति एसोसियन को बदनाम !!!!!!!
    ramechhap1.blogspot.com

    ReplyDelete